जापान भूकम्प (अपडेट) : मृत्यु हुनेको संख्या ६४ पुग्यो, अझै शक्तिशाली परकम्पहरू आउनसक्ने
२०८० पुस १८ गते

एजेन्सी । जापानको इशिकावा प्रान्तमा सोमवार बिहान गएको ७।६ रेक्टर स्केलको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या ६४ पुगेको छ ।
इशिकावामा बुधवार दिउँसोसम्म मृत्यु हुनेको संख्या ६४ पुगेको हो ।
इशिकावा, निगाटा, फुकुई, टोयामा र गिफु प्रान्तमा धेरै घाइते भएको बताइएको छ ।
जापानको मौसम विज्ञान एजेन्सीले हप्तामा विशेष गरी आगामी दुईदेखि तीन दिनमा शक्तिशाली परकम्पहरू आउनसक्ने चेतावनी दिएको छ ।
सोमवारदेखि जापानमा कम्तीमा १ सय ५५ पराकम्प गएको छ ।
२०८० पुस १८ गते
प्रतिक्रिया
सम्बन्धित








