हेटौँडामा सडक विस्तार विरुद्धका सबै रिट खारेज

महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा बजार क्षेत्रको सडक विस्तार तयारीपछि घरजग्गा धनीले क्षतिपूर्ति र मुआब्जा माग गर्दै दायर गरेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको मङ्गलबारको संयुक्त इजलाशले रिट खारेज गरेको हो।

सडक डिभिजन हेटौँडाले गत असारमा महेन्द्र राजमार्गअन्तर्गत रातोमाटे–बुद्धचोक–राप्ती पुलसम्मको सडकखण्डमा सडक सीमा अतिक्रमण गरी बनाइएका संरचना हटाउन गत असार १० गते सूचना जारी गरेपछि त्यस क्षेत्रका घरजग्गा धनी मुआब्जा र क्षतिपूर्ति माग गर्दै आन्दोलित बनेका थिए।

तर सडक डिभिजनबाट सुनुवाई नभएपछि सडक सीमाभित्रका घरजग्गा धनी सर्वोच्च अदालत पुगेका थिए।

सर्वोच्च अदालतले सडक विस्तार गर्न सडक डिभिजनले गत असार १० गते ३५ दिने सूचना जारी गरेपछि परेका रिट निवेदन खारेज गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *