मोहन वैद्य अस्पताल भर्ना
२०८० पुस १६ गते

क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य अस्पताल भर्ना भएका छन्। दमसम्बन्धी समस्या बढेपछि उनीलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको बताइएको छ।
सो पार्टीका प्रचार विभाग प्रमुख हुकुमबहादुर सिंहले दम बढेपछि अस्पताल भर्ना गरिएको र अहिले अवस्था सुधारोन्मुख रहेको बताएका छन्।
वैद्य तीन दिनअघि अस्पताल भर्ना भएका हुन्। उनी अझै दुई दिन अस्पतालमै रहने सिंहले बताएका छन्।
२०८० पुस १६ गते
प्रतिक्रिया
सम्बन्धित









