नेपाली युवती लगेर दिल्लीमा यसरी हुन्छ यौन धन्दा

काठमाडौँ । भारतको दिल्लीमा अपार्टमेन्ट भाडामा लिएर यौन व्यवसाय सञ्चालन गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

स्याङ्जास्थित गल्याङ नगरपालिका–७ का ३५ वर्षीय टिकाराम भण्डारी र उनकी श्रीमती टिका कुमारी वलीलाई भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोले कञ्चनपुरबाट नियन्त्रणमा लिएको हो ।

ब्यूरोका अनुसार भण्डारी दम्पतीले दिल्लीका विभिन्न होटल, रेस्टुरेन्ट, फेन्सी पसलमा आकर्षक काम पाइने र कमाई समेत राम्रो हुने प्रलोभन देखाई नेपाली युवतीलाई भारत पु¥याई आफ्नो अपार्टमेन्टमा राखेर वेश्यावृत्तिमा लगाउने गरेको अनुसन्धानबाट खुलेको छ । ब्यूरोका प्रवक्ता एसपी कृष्ण प्रसाद पङ्गेनीका अनुसार भण्डारी दम्पतीले दिल्लीस्थित किशनगढमा अपार्टमेन्ट भाडामा लिएका थिए ।

भण्डारीले भाडाको अपार्टमेन्टमा खाने, बस्ने व्यवस्था समेत मिलाई वेबसाइटमार्फत विज्ञापन गरेर अनलाइनमार्फत वेश्यावृत्तिको ¥याकेट चलाउँदै आएको दाबी ब्यूरोको छ । पंगेनीले भने,‘ भण्डारी दम्पतीले अनलाइनमार्फत नै वेश्यावृत्ति सञ्चालन गर्न ह्वाट्सएपको ग्रुप बनाएको पाइयो, उक्त ग्रुपमा जोडिएका ग्राहकहरूले पैसा तिरेपछि मात्रै ग्राहले भनेको ठाउँमा युवतीहरू पु¥याउने गरेको देखियो ।’ ब्यूरोका अनुसार भण्डारी दम्पतीले पीडित युवतीहरूलाई नयाँ मोबाइल, भारतीय सिम समेत उपलब्ध गराई ह्वाट्सएप र फेसबुकको आईडी बनाएर पासवर्ड आफैले राखेर अनलाइन निगरानी गर्दै आएका थिए ।

‘वेश्यावृत्तिबाट कमाई भएको रकमको २०% मात्र युवतीहरूलाई दिई बाँकी ८०% रकम भण्डारी दम्पती आफैँले लिने गरेको देखियो,’ ब्यूरोले भन्यो,‘ उनीहरूले भारत पु¥याएका ९ जना युवतीहरूलाई प्रहरीले गत चैत ७ मै उद्धार गरेको थियो ।’ उनीहरूकै बयानका आधारमा भण्डारी दम्पतीलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

गत चैतमा भण्डारी दम्पतीसमेतको विरुद्धमा ६ वटा मुद्दा थिए । उक्त मुद्दामा तीन जना यसअघि नै पक्राउ परि हाल पुर्पक्षका लागि थुनामा छन् ।

ब्यूरोका अनुसार भण्डारी दम्पतीमाथि अनुसन्धान भइरहेकै बेला उनीहरूले स्थान परिवर्तन गरेर पाँच जना युवतीलाई दिल्ली पुर्‍याएका थिए ।

ब्यूरोले दिल्ली स्थित नेपाली दूतावास, भारतीय प्रहरीलगायतको समन्वयमा उनीहरूलाई उद्धार गरिएको जानकारी एसपी पंगेनीले दिए । भण्डारी दम्पतीलाई ब्यूरोले भारतीय प्रहरीको सहयोगमा कञ्चनपुरबाट नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 17 =