बालकुमारी घटनामा श्रम र यातायातमन्त्रीको भूमिकाबारे छानबिन गर्न निर्देशन

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको संसदीय समितिले बालकुमारी घटना प्रकरणमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको भूमिकाबारेमा छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।
सोमवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले श्रममन्त्री शरतसिंह भण्डारी र यातायातमन्त्री प्रकाश ज्वालाको भूमिकाबारे छानबिन गर्न सरकारलाई निर्देशन दिएको हो ।
बैठकका निर्णय सुनाउँदै समिति सभापति रामहरि खतिवडाले पुस १३ गते शुक्रवार इपीएस भाषा परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनमा २ जना नेपाली नागरिकको मृत्यु भएको घटनामा मृत्यु भएका परिवारलाई थप क्षतिपूर्ति दिन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र गृहमन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको बताए ।
समितिले दुवै मृतकका परिवारलाई रोजगारीका अवसर उपलब्ध गराउन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गृह मन्त्रालय, श्रम रोजगार मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।
त्यस्तै बैठकले घटना सम्बन्धित साना कर्मचारीहरुमात्र निलम्बन पर्ने र अरु उम्किने अवस्था सिर्जना नहुनका लागि र काम गर्नेहरूको मनोबल नगिर्ने गरी समस्याको समाधान गर्न न्यायोचित समाधान गर्न प्रधानमन्त्री र मन्त्रीपरिषद्को कार्यालयलाई र गृह मन्त्रालयलाई निर्देशन दिने र उक्त घटना हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, भौतिक पूर्वाधार यातायातमन्त्रीको भूमिकाको बारेमा शुद्ध छानबिन गर्न निर्देशन दिने र यस प्रकारका घटना अब आइन्दा नहोस् भनी सबै पक्ष सजग रहन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।
उनले भने ‘पुस १३ गते शुक्रवार भएको इपीएस भाषा परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनमा २ जना नेपाली नागरिकको मृत्यु भएको घटनामा मृत्यु भएका परिवारलाई थप क्षतिपूर्ति दिन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र गृहमन्त्रालयलाई निर्देशन दिने ।
दुवै मृतकका परिवारलाई रोजगारीका अवसर उपलब्ध गराउन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गृह मन्त्रालय, श्रम रोजगार मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिने ।
घटना सम्बन्धित साना कर्मचारीहरुमात्र निलम्बन पर्ने र अरु उम्किने अवस्था सिर्जना नहुनका लागि र काम गर्नेहरूको मनोबल नगिर्ने गरी समस्याको समाधान गर्न न्यायोचित समाधान गर्न प्रधानमन्त्री र मन्त्रीपरिषद्को कार्यालयलाई र गृह मन्त्रालयलाई निर्देशन दिने ।
उक्त घटना हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, भौतिक पूर्वाधार यातायात मन्त्रालयमन्त्रीको भूमिकाको बारेमा शुद्ध छानबिन गर्न निर्देशन दिने । यस प्रकारका घटना अब आइन्दा नहोस् भनी सबै पक्ष सजग रहन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिने ।
सुरक्षा निकायलाई आवश्यक स्रोतसाधन पर्याप्त उपलब्ध गराउन यथेष्ट र पर्याप्त उपलब्ध गराउन निर्देशन दिने ।’
सभापति खतिवडाले सुरक्षा निकायलाई आवश्यक स्रोतसाधन पर्याप्त उपलब्ध गराउन पनि निर्देशन दिए ।








