मन्त्री र सांसद नै ‘धोती दिवस’ मनाउन माइतीघर पुगेपछि…
२०८० पुस १६ गते

काठमाडौँ । धोती दिवस मनाउन गएकी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता साह पक्राउ परेकी छन् । सोमबार बिहान मन्त्री साह, जनमत पार्टीका अध्यक्ष तथा सांसद सीके राउतसहित चार दर्जनभन्दा बढी कार्यकर्ता माइतीघरबाट पक्राउ परेका हुन् ।
धोती दिवस मनाउने क्रममा बबरमहलस्थित कला परिषद्मा जम्मा भएर निषेधित क्षेत्र माइतीघरतर्फ अघि बढेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेका उनीहरूलाई प्रहरीले अगाडि नबढ्न चेतावनी दिएको थियो । चेतावनी दिँदा पनि नमानेपछि प्रहरीले उनीहरूलाई धरपकड गरेको हो ।
प्रहरीले मन्त्री साह र सांसद राउतसहित, जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान, सचिव वीपी साह, नेता दीपक साहलगायतलाई पक्राउ गरेको छ । अहिले उनीहरूलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ ।
२०८० पुस १६ गते
प्रतिक्रिया
सम्बन्धित








