ईपीएस आन्दोलनकारी र प्रहरीको झडपमा एक युवकको मृत्यु
२०८० पुस १३ गते

काठमाडौं । ललितपुरको ग्वार्कोमा भएको ईपीएस आन्दोलनकारी र प्रहरीबीचको झडपमा एक युवकको ज्यान गएको छ ।
प्रहरीले अश्रुग्यास र लाठी प्रहार गर्दै तितरबितर गर्ने क्रममा घाइते भएकामध्ये एक युवकको उपचारका क्रममा ज्यान गएको हो ।
करिब २३ वर्षीय सुजन राउतको इमाडोलस्थित किष्ट अस्पतालमा मृत्यु भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिश पाठकले बताए ।
राउत बालकुमारी क्षेत्रको सडकमै लडिरहेको अवस्थामा फेला परेपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।
राउतको छातीमा निलडाम देखिएको चिफ अपरेटिङ अफिसर पाठकले बताए । राउतको शुक्रबार दिउँसो करिब पौने २ बजेतिर मृत्यु भएको हो ।
अस्पताल पु¥याएपछि उनलाई ४५ मिनेट जति सिपिआर दिइएको थियो ।
ग्वार्कोमा भौतिक पूर्वाधार मन्त्रालयको गाडी जलाइएपछि अवस्था तनावग्रस्त भएको थियो ।
२०८० पुस १३ गते
प्रतिक्रिया
सम्बन्धित








