कीर्तिमानी मूल्यबाट ह्वात्तै घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहीबार कीर्तिमानी मूल्यमा कारोबार भएको सुनको मूल्य आज तोलामा १३ सयले घटेको हो ।

बिहीबार प्रतितोला १ लाख २२ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज छापावाला सुन प्रतितोला १ लाख २० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन तोलामा १ लाख २० हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी प्रतितोला ३५ रुपैयाँले घटेको छ । आज चाँदी १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 7 =