नेकपा एसले ७० वर्षको उमेर हद नलगाउने

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक बस्दैछ । गत बुधबारदेखि सुरु भएको केन्द्रीय समिति बैठक आज बसेर औपचारिक निर्णय गर्दै सकिने भएको हो ।

बैठकमा ४० जनाले केन्द्रीय सदस्यले विधान संशोधन र उमेर हद ७० राख्नेका कि नराख्ने भन्नेलगायतका विषयमा आ-आफनो धारणा राखिसकेका छन् । केन्द्रीय सदस्यले धारणा राख्ने जुन क्रम आज पनि जारी रहनेछ । धारणा राखिसकेका अधिकांश केन्द्रीय सदस्यले ५० वर्षमुनिका ५० प्रतिशत नेतालाई पार्टीको केन्द्रीय कमिटीमा समेटिनुपर्ने माग गरेका छन् ।

उनीहरूले ७० वर्षको उमेर हद लगाउन नहुने, प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन गर्नुपर्ने, केन्द्रीय नेतृत्व केन्द्रीय कमिटीले चयन गर्नुपर्ने, अध्यक्षले मनोमानी गरेमा हटाउन सक्ने व्यवस्था हुनुपर्ने माग गरेका हुन् । बैठकमा ७५ जिल्लाका प्रमुख, ३२ वटा विभाग, प्रदेश अध्यक्षलगायत तीन सय एक सदस्यीय केन्द्रीय कमिटी बनाउनुपर्ने, प्रदेश कमिटी एक सय ५० सदस्यीय हुनुपर्ने, क्रियाशीलता, भूगोल, समुदायलाई समेटेर केन्द्रीय कमिटी बनाउनुपर्ने सुझाव दिइएको थियो ।

विधानलगायत अन्य प्रस्तावहरूमाथि छलफल गर्नका लागि ११ वटा प्रश्नावली बनाइएको र प्रत्येक सदस्यलाई सो विषयहरूमाथि टिप्पणी गर्नका लागि ३/३ मिनेटको समय छुटाइएको छ । आजको बैठक पनि बिहान ११ बजेदेखि सुरु हुने सो पार्टीले जनाएको छ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्नेलगायत विषयमा निर्णय गर्दै बैठक शुक्रबार सम्पन्न हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 15 =