सूर्यदर्शन सहकारीका उपाध्यक्ष पक्राउ
२०८० पुस १२ गते

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति उपाध्यक्ष कैलाशकुमार दर्लामी पक्राउ परेका छन्।
सहकारी ठगीको फरार सूचीमा रहेका उनी लुकिछिपी बसेको अवस्थामा काठमाडौं प्रहरीले बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो।
दर्लामीलाई कास्की पठाइएको छ।कास्की प्रहरीको अनुरोधमा उनलाई काठमाडौंले पक्राउ गरेको हो । अन्य केही अझै फरार छन्। उनीहरुलाई पनि प्रहरीले खोजिगरिरहेको छ।
सहकारी ठगीको आरोपमा १९ जना विरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । त्यसमध्ये सञ्चालक समिति कोषाध्यक्ष कुमार रम्तेल यसअघि नै पक्राउ परिसकेका छन् । उनी कास्की पूर्पक्षका लागि कारागारमा छन् ।
२०८० पुस १२ गते
प्रतिक्रिया
सम्बन्धित








