पशुपति क्षेत्र विकास कोषको गुरुयोजना शीघ्र पारित गर्न निर्देशन

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकको नियुक्तिमाथि प्रश्न उठाउँदै निजको शैक्षिक योग्यताबारे छानबिन गर्न निर्देशन दिएको छ ।

समितिको आजको बैठकले कोषको कार्यकारी निर्देशक नियुक्तिप्रति व्यापक विरोध भएको जनाउदैै निजको नियुक्तिबारे स्पष्ट गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कोषलाई निर्देशन दिएको हो । समितिले पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशकको नियुक्तिसम्बन्धी कागजात तीन दिनभित्र समितिसमक्ष पेस गर्न निर्देशन पनि दिएको छ ।
पर्यटनमन्त्री पदेनअध्यक्ष रहने पशुपति क्षेत्र विकास कोष परिषद्को हालैको बैठकले कोषको कार्यकारी निर्देशकमा लक्ष्मी पुनलाई नियुक्त गरेको थियो । बैठकमा सांसदहरुले कोषको भेटी व्यवस्थापन, जग्गा, सम्पदाको संरक्षणमा भइरहेको प्रगतिबारे जानकारी दिन आग्रह गरेका थिए । कोषका राजुकुमार खत्रीले कोषको गतिविधिबारे जानकारी गराउनुभएको थियोभने कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले आयव्याप प्रस्तुत गरेका थिए।

समितिले पशुपति क्षेत्र विकास कोषको गुरुयोजना यथाशक्य चाँडो पारित गरी कार्यान्वयनमा लैजान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएको छ ।

समितिले पशुपति क्षेत्र विकास कोषको नाममा रहेको सम्पूर्ण जग्गाको शीघ्र यकीन र हालसाविक गरी कोषको नाममा जग्गाधनी प्रमाणपत्र लिने व्यवस्था गर्न कोषलाई निर्देशन दिएको छ । कोषले आनन्द होटल प्रालिसँग गरेको सम्झौताको विवरण पनि तीन दिनभि समितिलाई उपलव्ध गराउन कोषलाई निर्देशन दिएको समिति सभापति राजकिशोर यादवले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =