भृकुटीमण्डपमा आठौँ घरजग्गा मेला सुरु (तस्बिरहरू)

काठमाडौँ । काठमाडौंको भृकुटीमण्डपमा आठौँ घरजग्गा मेला सुरु भएको छ ।

बिहीबारबाट सुरु भएको मेलाको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले उद्घाटन गरिन् । बिहीबारबाट सुरु भएको मेला पौष १५ गतेसम्म सञ्चालन हुनेछ ।

नेपाल जग्गा तथा आवास विकास संघको आयोजनामा सुरु भएको मेलाले क्रेता र बिक्रेताहरुबीचको असमझदारीलाई सम्बोधन गर्ने र अहिलेको अवस्थामा आर्थिक अवस्थालाई चलायमान बनाउने उद्देश्य राखिएको छ ।

मेला बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । मेलामा डेढ लाखसम्म अवलोकन कर्ताले अवलोकन गर्ने अपेक्षा लिएको संघका अध्यक्ष विदुर धमलालले बताए ।

उनले मेलामा २५ वटा स्टल घरजग्गासँग सम्बन्धित रहने र बाँकी घरजग्गासँग सम्बन्धित बैंक फाइनान्स, इन्स्योरेन्स कम्पनी, होम एप्लाइन्सका कुरा, टायल्स, सेनिटरी लगायतका स्टलहरू रहने बताए ।

मेलामा फर्निचर, विद्युतीय सामग्री, सिमेन्ट, सजावटका सामान, स्टिल, फर्निचर, सिसा, काठ, ढुंगा लगायत निर्माण सामग्री प्रदर्शनमा राखिनेछ । मेलाबाट २ अर्ब ५० करोड रुपैयाँ भन्दा बढीको कारोबार गर्ने अपेक्षा आयोजकले लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *