राष्ट्रपति र जापानी राजदूतबीच शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि जापानका राजदूत किकुटा युटाकाले शिष्टाचार भेट गरेका छन् ।

बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा उक्त भेट भएको हो ।

भेटका क्रममा राष्ट्रपतिले जापानले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा स्वतन्त्रताका लागि व्यक्त गरेको निशर्त सम्मानका लागि नेपालीले खुला दिलले प्रशंसा गरेका छन् ।

त्यस्तै उनले नेपालको सामाजिक तथा आर्थिक विकासको क्षेत्रमा जापानले लामो समयदेखि पुर्याएको सहयोगका लागि धन्यवाद व्यक्त गरेको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 14 =