थाईल्याण्डका राजदूत वलीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष थाइल्यान्डका लागि नेपालका आवासीय नवनियुक्त राजदूत धनबहादुर ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बिहीबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राजदूत वलीले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

उक्त अवसरमा परराष्ट्र मन्त्री नारायणप्रकाश साउद लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 3 =