सभ्यताको शिर नै हिमाल भएकाले संरक्षणमा जोड दिनुपर्छ : प्रदीप पौडेल

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले हिमालको संरक्षणमा जोड दिनुपर्ने बताएका छन् ।

भारतको नागपुरमा हालै सम्पन्न ध्यान शिविरमा सहभागी भएका उनले नेपालको सभ्यताको शिर नै हिमाल भएकाले यसको संरक्षणमा जोड दिनुपर्ने आवश्यकता औँल्याए ।

प्रवचनको क्रममा शिव कृपानन्द स्वामीले नेपालको हिमाल, प्राकृतिक क्षेत्र, पशुपतिनाथ सबैको चित्रण गर्दा आफूलाई आनन्दको अनभुति भएको बताए । नेता पौडेलले ध्यान शिविरको समयमा नेपालको हिमालको महत्वलाई आध्यात्मिक पक्षसँग जोडेर पनि मान्छेको क्षमता अभिवृद्धि गर्ने वातावरण निर्माण गर्ने परिस्थिति बन्दो रहेछ भन्ने ज्ञान पाएको बताए ।

नेता पौडेलले भने ‘नेपालको सभ्यताको शिर नै हिमाल हो हिमाल ले जुन ऊर्जा प्रदान गरेको छ मानव बस्तीलाई सुखी बनाउने मानव सभ्यतालाई व्यवस्थित बनाउने प्रकारको योगदान पुर्याएको छ तर आज हिमाल पग्लिरहेको छ हिमाल संरक्षणमा हामीले ध्यान पुर्याउन सकिरहेका छैनौँ यसले मान्छेमा चेतना ऊर्जा क्षमता अभिवृद्धि गर्ने सन्दर्भमा पनि धेरै ठूलो क्षति पुर्याएको छ। वातावरण हुने सन्दर्भमा पनि हिमाल पग्लने कारणले धेरै क्षति पुगेको छ त्यसकारण आध्यात्मिक पक्षसँग जोडेर नेपाल नेपालको हिमालहरूको मान्छेको क्षमता वृद्धि गर्ने ऊर्जा भर्ने ज्ञानको निम्ति, वातावरण निर्माण गर्ने परिस्थिति बन्दो रहेछ भन्ने पनि लाग्यो । नेपाललाई जोडेर जुन विषयहरू आफ्नो प्रवचनमा प्रस्तुत गर्नुभएको छ । त्यसले नेपालको हिमाल, नेपालको प्राकृतिक क्षेत्र, नेपालको पशुपतिनाथ सबैको चित्रण त्यहाँ भित्र भएको देखिन्छ । त्यसैले उहाँको प्रवचनमा नेपाललाई विशेष ढंगले जोडिएको परिस्थितिबाट चाहिँ हामीलाई केही हदसम्म आनन्दको अनुभूति पनि भयो ।’

गत पुस ३ गतेबाट सुरु भएको सो शिविर १० गते समापन भएको थियो । शिविरमा ७० राष्ट्रका करिब ६ लाख ५० हजार साधकहरूको सहभागिता भएको हिमालय ध्यान समर्पण योग केन्द्रका डाइरेक्टर अम्ब्रिस मोडकले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 1 =