होटलमा जुवातास खेलिरहेको अवस्थामा ५५ हजार नगदसहित १० जना पक्राउ
२०८० पुस ११ गते

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१३ तहाचलस्थित काठमाडौं महाराजगंज बस्ने ३३ वर्षीय निर्मल पण्डितको भोवन हिमालयन हाईट होटलमा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
परेको छ ।
जुवातास खेलिरहेको अवस्थामा पण्डित समेत १० जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार ३ सय नेपाली रूपैयाँ, ८ हजार भारतीय रूपैयाँ र १ बुक ताससहित फेला पारी पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।
२०८० पुस ११ गते
प्रतिक्रिया
सम्बन्धित








