राजनीतिक दलहरूलाई क्रमभंगता गर्न प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले सबै राजनीतिक दलहरुलाई क्रमभंगताका लागि आह्वान गरेका छन् ।

मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै प्रचण्डले क्रमभंगताका लागि आह्वान गरेका हुन् ।

उनले भने, ‘म दलहरु, नागरिक समाज, राज्यका निकाय सबैलाई क्रम भंगताको अपिल गर्दछु ।’

उनले शीर्ष बैठकहरु सत्ताको वितरण गर्न नभई विश्व विद्यालयहरु सुधार्न, परराष्ट्र नीतिमा राष्ट्रको एउटै धारणा बनाउन, रोजगारी सिर्जना गर्न र लगानीका लागि राष्ट्रको छवि सुधार्न बस्ने पनि उनले बताए ।

उनले त्रिविको दीक्षान्त समारोहमा अब विश्व विद्यालयहरुमा राजनीति भागबण्डा नहुने र संसारको कुनै पनि कुनामा रहेका नेपालीले विश्वविद्यालय सुधारका लागि उपकुलपतिमा दाबी गर्न सक्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =