प्रधानमन्त्रीको दाबी– हाइ प्रोफाइललाई कानूनले छुदैन भन्ने भ्रम चिर्न सफल भएँ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हाइ प्रोफाइलहरुलाई कानूनले छुनै सक्दैन भन्ने आम मनोविज्ञानलाई सरकारले चिरेको दाबी गरेका छन् ।

सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै सरकारले नक्कली भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरण, सुनलगायतको काण्डमा इतिहासकै सबैभन्दा ठूलो कारवाही र अनुसन्धान गरेको बताए ।

उनले देशमा पहुँच होइन विधिको शासन भन्ने मान्यता स्थापित गरेको उनको भनाइ छ। लोकतन्त्रको सर्बिसिङ र सुद्धिकरण भएपछि जनतामा विश्वास बढेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − one =