राष्ट्रका नाममा सम्बोधन

विरोधीलाई प्रचण्डको प्रश्न–देशमा साँच्चै केही नभएकै हो त ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली समाजमा देशमा केही हुँदैन र छैन भन्ने भ्रम चलाएकोप्रति चिन्ता व्यक्ति गरेका छन् ।

सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै अहिले नेपाली समाजमा अत्यन्तै चिन्ताजनक रुपमा चारैतिर हिनताबोध र नकारात्मकताको डडेलो लगाइँदै गरेको देखिरहेको बताए ।

उनले भने, ‘सकिँदैन, बन्दैन हुँदैन भन्ने नकारात्मकताले जरैदेखि सिर्जनात्मकता मरिरहेको छ। एकथरी तत्वले यो मानिसिकतालाई नियोजित रुपमा मलजल गरिरहेका छन् । देशमा सबै नराम्रो मात्रै भइरहेको छ। के देशमा साँच्चै केही नभएकै हो ? के देश पूर्ण रुपमा सम्भावनाहिन बन्दै गएको हो त ?  नकारात्मक भावनाले हामीकहाँ सम्भव कामपनि असम्भव बनाइरहेका छौं। हामीले आफ् आफ्नै छेउको उज्यालोलाई पनि पत्याउँन छाडेका छौं ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − eight =