छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौँ । कास्की, पोखरा महानगरपालिका–५ प्रस्याङस्थित सडकमा बा.१३ च ३७२१ नम्बरको कारको ठक्करबाट पैदलयात्री को मृत्यु भएको छ ।
बाग्लुङ ढोरपाटन नगरपालिका–६ घर भई हाल पोखरा महानगरपालिका–३ नदिपुर बस्ने २० वर्षीय ढालेन्द्र छन्त्याल र हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूषको गएराति मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको पश्चिम क्षेत्रीय अस्पताल गण्डकीमा उपचारको क्रममा मृत्यु भएको हो ।
हाल फरार कार चालकको प्रहरीले खोजी गरिरहेको छ ।
त्यस्तै कपिलवस्तु, यशोधरा गाउँपालिका–५ सुठौलीस्थित सडकमा युपि ५५ एस ७१८६ नम्बरको मोटरसाइकल र लु.३ त ९३२४ नम्बरको ट्याक्टर एकआपसमा ठक्कर खाई सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक कपिलवस्तु नगरपालिका५ बभनी बस्ने १५ वर्षीय रमन यादवको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।








