मन्त्री किराँतीको राजीनामा माग गर्दै काठमाडौंमा प्रदर्शन
२०८० पुस ९ गते

काठमाडौं । सनातन धर्म–संस्कृतिको विरुद्ध अभिव्यक्ति दिने संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीलाई बर्खास्त गर्न माग गर्दै सोमवार काठमाडौंमा प्रदर्शन भएको छ ।
समग्र धार्मिक समाजको आह्वानमा सोमवार काठमाडौंको गौशालाबाट प्रदर्शन भएको हो ।
विभिन्न हिन्दू संघ संस्थाले आह्वान गरेको कार्यक्रममा मन्त्री किराँतीविरुद्ध चर्को नाराबाजी भएको छ ।
प्रदर्शनमा सहभागीहरूले मन्त्री किरातीको राजीनामा काग गरेको प्लेकार्ड प्रदर्शन गरेका छन् ।
केही दिन पहिले काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री किराँतीले क्रिष्चियन धर्म नमान्नेहरू संविधान विरोधी भएको अभिव्यक्ति दिएका थिए ।
उनको अभिव्यक्तिको चर्को आलोचना भएको हो । सोमवार प्रदर्शनकारीले गौशालादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर्ने जनाएका छन् ।
२०८० पुस ९ गते
प्रतिक्रिया
सम्बन्धित








