युक्रेनले पहिलो पटक क्रिसमस मनाउँदै

एजेन्सी । यो बर्ष युक्रेनले पहिलो पटक डिसेम्बर २५ मा क्रिसमस मनाउँदैछ ।

करिब दुई वर्षअघि रूसले आक्रमण शुरू गरेको युक्रेनमा जनवरी ७ को परम्परागत दिन (अर्थोडक्स डेट) लाई बेवास्ता गर्दै डिसेम्बर २५ मा नै क्रिसमस मनाउने घोषणा गरेको हो ।

जनवरी ७ लाई रूसी क्रिश्चियन धर्मावलम्बीहरूले विशेष दिनका रूपमा लिने गर्छन् भने रूसी परम्पराको विरोधका लागि युक्रेनले नयाँ मिति अर्थात् उसका सहयोगीहरूले क्रिसमस मनाउने दिन डिसेम्बर २५ मा नै क्रिसमस मनाउने घोषणा गरेको हो ।

ओडेसाको दक्षिणी ‘ब्ल्याक सी’ बन्दरगाहमा चर्चमा जानेहरूले डिसेम्बर २४ लाई क्रिसमसको अघिल्लो साँझका रूपमा मान्यता दिँदै मैनबत्ती बाली प्रार्थना गरेका थिए ।

सुनौलो वस्त्रमा उपस्थित पादरीहरूले युक्रेनी गिर्जाघरहरूमा जन्मको दृश्यले सजाइएको ‘क्रिसमस ट्री’को अगाडी उभिएर येशु ख्रिष्टको जन्म दिनको सम्झना गरेका थिए ।

‘हामी विश्वास गर्छौं कि हामीले वास्तवमा मस्कोबाट टाढा, टाढा, सारा विश्वसँग क्रिसमस मनाउनुपर्छ । मेरो लागि यो अब नयाँ सन्देश हो,’ आफ्नो छोरा युक्रेनी सेनाको अग्रदस्तामा चिकित्सक रहेको बताउने पादरी, ओलेनाले भने ।

अर्थोडक्स चर्चले रुचाएको जुलियन क्यालेन्डरबाट टाढा जाने मिति परिवर्तन रूसी र सोभियत साम्राज्यहरूको निशान हटाउन आक्रमण पछिको चालको एक भाग भएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 11 =