उत्कृष्ट डायलिसिस सेवा प्रदान गर्दै चिरायु हस्पिटल

काठमाडौँ । काठमाडौँ बसुन्धारास्थित चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युट प्रा.लीले वि.सं २०७० सालदेखि विभिन्न स्वास्थसेवाहरू दिँदै आएको छ । वि.सं २०७८ देखि हस्पिटलले डायलिसिस उपचार सेवा दिँदै आएको हो ।

बिरामीहरूको राम्रो हेरचाह गर्नु र उत्कृष्ट उपचार सेवा दिनु नै हस्पिटलको मुख्य उद्देश्य हो । सुरुमा दुईवटा निप्रो ५५ प्लस मेसिनको साथ डायलासिस सेन्टर सुरु गरेको यस हस्पिटलले हाल आठ मेसिनसहित डायलासिस उपचार गरिरहेको छ ।

हस्पिटलमा डायलासिस बिरामीहरूका लागि १० बेडहरू राखिएका छन् ।

चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युट प्रा.लीका कार्यकारी निर्देशक हिमाल रानाका अनुसार दैनिक २२ देखि २३ डायलासिस बिरामीहरू चिरायु हस्पिटलमा उपचारका लागि आउने गर्दछन् । उनका अनुसार मासिक ४५० डायलिसिस सत्रहरू सञ्चालन हुने गर्दछन् ।

काठमाडौं धापासीका स्थानीय संगीता श्रेष्ठले अस्पतालको उपचारसेवा र कर्मचारीको व्यवहार एकदमै राम्रो लागेको बताइन् । उनले हस्पिटलको सुरुवाती दिनदेखि नै आमाको उपचार गराउँदै आएकी बताइन् ।

त्यसैगरि चिरायु डायलासिस सेन्टरमा करिब डेढ वर्षदेखि श्रीमानको उपचार गराई रहेकी बझाङकी परी थापाले हस्पिटलको व्यवस्थापन, सरसफाइ कर्मचारीहरूको व्यवहार एकदमै भएको बताइन् । उनले बिरामीहरू घरमै हुँदा पनि डाक्टरहरूले फलोअप र हेरचाह गर्ने बताइन् ।

हस्पिटलमा डायलासिस सेन्टरको नेतृत्व रामकाजी श्रेष्ठले गरेका छन् । नेफ्रोलोजिस्ट डा. उपेन्द्र जोशी र डा. मुकुन्द प्रसाद काफ्ले लगायतका अन्य डाक्टरहरू रहेका छन् । इन्चार्ज पुष्पा पौडेल र प्राविधिक कर्मचारी रोशनी मानन्धर, सुजीता सापकोटासहित अन्य १८ जना कर्मचारीहरू डायलासिस सेन्टरमा रहेका छन् ।

साथै बिरामीहरूलाई उत्कृष्ट उपचारसेवा प्रदान गर्ने चिरायु डायलाइसिस सेन्टरको प्रतिबद्धता रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *