छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौँ । सर्लाही, विष्णु गाउँपालिका–६ स्थित सडकमा बीआर ३० डब्लु ६३९० नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक कौडेना गाउँपालिका–६ सक्रौल बस्ने २० वर्षीय ईन्दल सहनीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै कपिलवस्तु, शिवराज नगरपालिका–१ वनकसवासामा लु.२ प ९८१५ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ५० वर्षीया खिमा बिकको आइतबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कपिलवस्तु, बिजयनगर गाउँपालिका–५ देविपुरमा लु.७३ प ६९०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका–४ जुटपानी बस्ने २० वर्षीय मणिराम जैसवालको आइतबार बिहान मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सन्जिवनी हस्पिटल चन्द्रौटामा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी काभ्रे, पनौती नगरपालिका–१ बुढापोखरीस्थित सडकमा बा।४१ प २५३२ नम्बरको स्कुटर अनियन्त्रित आइतबार दिउँसो दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ४५ वर्षीय मंगल बहादुर श्रेष्ठको घट्नास्थलमै मृत्यु भएको छ ।
साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार अन्य १ जनाको उपचारको लागि शिरमेमोरियल अस्पतालमा पठाइएको छ ।
सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।








