लुम्बिनीका नवनियुक्त मन्त्रीहरूको शपथ आज

काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा थपिएका दुई मन्त्रीको शपथ आइतबार दिउँसो हुने भएको छ ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार नेकपा माओवादी केन्द्रकी कृष्णा केसीलाई सहरी विकास र नेपाली कांग्रेसका सरोज थापालाई उद्योग तथा यातायात मन्त्री बनाएका थिए ।

प्रदेश प्रमुख कार्यालयले नवनियुक्त मन्त्रीहरूको शपथ दिउँसो ३ बजे हुने जानकारी दिएको छ । शनिबार दुई मन्त्री थपिएसँगै लुम्बिनीमा मुख्यमन्त्रीसहित मन्त्रीको संख्या नौ जना पुगेको छ ।

मुख्यमन्त्री चौधरीले वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय आफूसँगै राखेका छन् । चौधरी गत वैशाख १४ गते मुख्यमन्त्री बनेका थिए । उनले ८ महिनापछि मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *