सन्दीपविरुद्धको मुद्दा न्यायाधीश ढकालको इजलासमा

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणीको मुद्दा न्यायाधीश शिशिरराज ढकालको इजलासमा परेको छ । आइतबार फैसला हुने भनिएको मुद्दा न्यायाधीश ढकालको इजलासमा परेको हो ।

लामो समयदेखि अन्यौलमै रहेको उक्त मुद्दाका अन्य सबै कुरा यथावत् रहेमा आज मुद्दाको किनारा लाग्ने सम्भावना प्रचुर देखिएको छ । यसअघिको पेसीमा अदालतले बहसनोट झिकाउने आदेश दिएपछि आजका लागि पेसी तोकिएको उक्त मुद्दाको फैसला के हुने भन्नेबारेमा आम जनचासोको विषय बनिरहेको छ ।

आज मुद्दाको अन्तिम सुनुवाइ भए सफाइ पाउने कि जेल जाने भन्ने टुंगो लाग्नेछन् । सन्दीप दोषी ठहर भए उनी कम्तीमा १० वर्ष जेलमा बस्नुपर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 5 =