लुम्बिनी प्रदेशमा दुई मन्त्री थपिए

दुई मन्त्री थपेर आइतबार लुम्बिनी प्रदेश मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको छ। कांग्रेसबाट प्युठानका सांसद सरोज थापा र माओवादीबाट बाँकेकी सांसद कृष्णा केसीलाई मन्त्री बनाउने टुंगो लागेको हो।

उनका अनुसार मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार कांग्रेसबाट थापालाई मन्त्री बनाउने टुंगो लगाएका हुन् । थापा र केसीलाई आइतबार शपथग्रहण गराउने तयारी भएको छ।

केसी खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय मन्त्री र थापालाई पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

प्युठानका थापा कांग्रेस संस्थापन पक्षका सांसद हुन्। उनी प्युठान प्रदेशसभा २ मा विजयी भएका थिए।

यस्तै माओवादीवाट केसीको नाम यसअघि नै पार्टीले सिफारिस गरेको थियो । बाँके जिल्लाको क्षेत्र नम्बर १ बाट विजयी केसी यसअघि प्रदेशको विना विभागीय मन्त्री थिइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *