खोया प्रहार

खोया प्रहारपछि रविले भने– ठूलो छाती पारेर खुल्लमखुल्ला हिँड्ने नेता बन्न चाहन्छु

काठमाडौँ । पोखरामा अमरसिंहचौरस्थित खेल मैदानमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार भएको छ ।

मकैको खोया प्रहारपछि सम्बोधन गर्दै रविले जतिसुकै प्रहार भए पनि ठूलो छाती पारेर खुल्लमखुल्ला हिँड्ने नेता बन्न चाहने बताएका छन् ।

‘जतिसुकै प्रहार भए पनि, जतिसुकै संयन्त्र भए पनि, जतिसुकै घेराबन्दी भए पनि टाउको निहुराएर मुख छोपेर कालो सिसाभित्र लुकेर हिँड्ने नेता होइन । अझ ठूलो छाती पारेर ढमढम चोक, गल्ली, चिया पसलमा, सभा समारोहमा खुल्लमखुल्ला हिँड्ने चाहने नेता बन्न चाहन्छु,’ उनले भने ।

पोखरास्थित अमरसिंहचौरमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि सभामा सहभागी लमजुङका २८ वर्षीय सन्तोष रानाभाटले मकैको खोया प्रहार गरेका हुन् ।

उनी अहिले प्रहरीको नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − eight =