पोखरामा रास्वपा सभापति रवि लामिछानेमाथि खोया प्रहार, एकजना पक्राउ

पोखरा । पोखरामा अमरसिंहचौरस्थित खेल मैदानमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार भएको छ ।

एक युवकले उनलाई खोया प्रहार गरेका हुन् ।

सहभागीहरूका अनुसार उनी बोल्दै गर्दा अगाडीबाट खोयाले हानिएको हो ।

उक्त व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

कास्की प्रहरी प्रमुख एसपी मोहनबहादुर थापाले लमजुङ घर भई पोखरा बस्दै आएका २८ वर्षीय सन्तोष रानाभाटलाई नियन्त्रणमा लिएको बताए ।

मकै खाँदै गरेका युवकले खोया फाल्ने क्रममा झुक्किएर स्टेजतिर गएको थापाले बताए ।

उनले भने ‘उनी मकै खाएर बसेका रहेछन् । खोया फाल्ने क्रममा स्टेजतिर गएको भन्ने छ, कार्यकर्ताले चाहिँ ढुङ्गा हानेको भनेर आक्रमण गरेछन् । उनी हाम्रो नियन्त्रणमा छन् ।’

प्रत्यक्षदर्शी सौगात पोखरेलले भने उनले ताकेरै लामिछानेलाई प्रहार गरेको बताएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + thirteen =