अनेरास्ववियु गण्डकीको अध्यक्षमा गोरखाका प्रवीण श्रेष्ठ निर्वाचित

पोखरा । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको गण्डकी प्रदेशको अध्यक्षमा गोरखाका प्रवीण श्रेष्ठ निर्वाचित भएका छन् । पोखरामा भएको प्रथम अधिवेशनबाट उनी सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् ।

सचिवमा नवलपुरका सुरज सापकोटा सर्वसम्मत निर्वाचित भएका अनेरास्ववियुका केन्द्रीय सचिव तथा प्रवक्ता प्रकाश पौडेलले जानकारी दिए । अनेरास्ववियु गण्डकीको प्रथम अधिवेशनबाट ४७ सदस्यीय प्रदेश कमिटी बनाइएको छ ।

अध्यक्षका लागि कास्कीका सुशन घिमिरे, सञ्जय पौडेल वैरागी, महेन्द्र उपाध्याय, अखिल प्रदेश संयोजक तनहुँका रमाकान्त आर।के पोखरेल र गोरखाका प्रवीण श्रेष्ठको नाम चर्चामा थियो । अन्ततः सहमतिमै श्रेष्ठलाई अध्यक्ष बनाइएको बताइएको हो ।

अधिवेशनमा ११ जिल्लाबाट करिब ३ सय जना प्रतिनिधि अधिवेशनमा भाग लिन पोखरा गएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 15 =