तीन सयभन्दा बढी भारतीय यात्रु बोकेको विमान ‘मानव तस्करी’ को आशङ्कामा फ्रान्समा अवतरण
२०८० पुस ६ गते

करिब ३०० जनाभन्दा बढी भारतीय यात्रुहरू लिएर निकारागुआ जाँदै गरेको विमानलाई “मानव तस्करी” को आशङ्कामा फ्रान्समा अवतरण गरिएको छ ।
पेरिसका अभियोजकहरूले गोप्य सूचनाका आधारमा बिहीबार विमानलाई नियन्त्रणमा लिइएको जनाएका छन् ।
सो विमान संयुक्त अरब इमिरेट्सबाट उडेको थियो। यस बारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।
२०८० पुस ६ गते
प्रतिक्रिया
सम्बन्धित








