बक्यौता नतिर्ने ४ उद्योगको बिजुली काटियो

नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिर्ने उद्योगको विद्युत आपूर्ति बन्द गर्न थालेको छ। शुक्रबार चार वटा उद्योगको पनि लाइन काटेको छ।
जगदम्बा, रिलायन्स, घोराही र अर्घाखाँची सिमेन्टको लाइन बन्द भएको हो।

जगदम्बाले १ अर्ब १४ करोड, रिलायन्सले १ अर्ब ९४ करोड, घोराहीले १ अर्ब ३६ करोड र अर्घाखाँची सिमेन्ट उद्योगले १ अर्ब ३० करोड रुपैयाँ बक्यौता तिर्न बाँकी देखिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतलाई तुरुन्त बक्यौता उठाउन निर्देशन दिएका थिए। बक्यौता नतिर्ने उद्योगी व्यवसायीको बिजुली काट्न निर्देशन पनि प्रधानमन्त्रीले दिएका थिए।

५८ वटा उद्योगले बक्यौता तिर्न बाँकी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + nineteen =