उच्च अदालतका न्यायाधीश सिफारिस गर्न सकेन न्याय परिषदले

उच्च अदालतका न्यायाधीश सिफारिसका लागि बसेको न्याय परिषद्को बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

यसअघि भदौ २१ मा बसेको न्याय परिषद् बैठकले २७ न्यायाधीश सिफारिस गरेका थियो । ५६ जना न्यायाधीश रिक्त रहेको उच्च अदाचलतमा अझै २९ न्यायाधीशको पद रिक्त छ ।

काठमाडौं । उच्च अदालतका न्यायाधीश सिफारिसका लागि बसेको न्याय परिषद्को बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

यसअघि भदौ २१ मा बसेको न्याय परिषद् बैठकले २७ न्यायाधीश सिफारिस गरेका थियो । ५६ जना न्यायाधीश रिक्त रहेको उच्च अदाचलतमा अझै २९ न्यायाधीशको पद रिक्त छ ।

रिक्त न्यायाधीशको पदपूर्तिका लागि शुक्रबार बसेको परिषद् बैठक कुनै निर्णय नगरी स्थगित भएको न्याय परिषद्का सदस्य वरिष्ठ अधिवक्ता रामकुमार श्रेष्ठले जानकारी दिए ।

जिल्ला न्यायाधीश, विशिष्ठ श्रेणीका न्याय सेवाका अधिकृत र कानुन व्यवसायीबाट न्यायाधीशको पदपूर्ति गर्ने भनिएकोमा पहिलो चरणमा जिल्ला न्यायाधीश र न्याय सेवाका अधिकारी मात्र सिफारिस गर्ने र कानुन व्यवसायीको कोटा खाली राखेर पछि सिफारिस गर्ने भनिएपछि परिषद्‌मा सहमति नजुटेको बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − eight =