इजरायलमा मारिएका १० जनाको परिवारलाई एक करोड निकासा

इजरायलमा हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका नेपाली नागरिकका परिवारलाई सरकारले एकमुष्ट एक करोड रुपैयाँ राहत निकासा दिएको छ।

अर्थ मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को असोज २२ गतेको निर्णय अनुसार घटनामा परी निधन भएका नागरिकका परिवारलाई राहत स्वरूप प्रति परिवार १० लाखका दरले आर्थिक सहायता रकम निकासा भएको हो ।

यसका लागि मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई रकम निकासा दिएको मन्त्रालयको विवरणमा उल्लेख छ । गत असोजमा प्यालेस्टाइनको हमास लडाकुले इजरायलमा आक्रमण गर्दा १० जना नेपालीको निधन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − seventeen =