राष्ट्रपति पौडेलको उपचारका लागि थप १० लाख निकासा
२०८० पुस ५ गते

सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य उपचारका लागि सरकारले थप करिव १० लाख रुपैयाँ निकासा गरेको छ।
२०८० साउन महिनादेखि मंसिरसम्मको आर्थिक सहायता विवरण अनुसार राष्ट्रपतिको उपचारमा नौ लाख ९५ हजार रुपैयाँ उपलब्ध गराइएको अर्थ मन्त्रालयले जनाएको छ ।
अर्थ मन्त्रालयका अनुसार राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७४ अनुसार यो रकम उपलब्ध गराएको हो ।
अर्थ मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यो रकम निकासा गरी राष्ट्रपतिको उपचारमा खर्च गरिएको उल्लेख छ । गत आर्थिक वर्षमा राष्ट्रपतिको उपचारको लागि ५५ लाख रुपैयाँ सरकारले उपलब्ध गराएको थियो ।
२०८० पुस ५ गते
प्रतिक्रिया
सम्बन्धित








