कांग्रेस सांसद राणाको आरोपप्रति क्यान महानिर्देशक अधिकारीको असहमति

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले काँग्रेस सांसद उदय समशेर राणाले इयुको रिपोर्टका विषयमा झुटो बोलेको भन्ने आरोपप्रति असहमति जनाएका छन् ।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै काँग्रेस सांसद राणाले युरोपियन युनियनको रिपोर्टका विषयमा अधिकारीले झुटो बोलेको अरोप लगाएपछि महानिर्देशक अधिकारले आरोपमाथि असहमति प्रकट गरे ।

महानिर्देशक अधिकारीले युरोपियन युनियनले पठाएको सेफ्टी रिपोर्ट आफूले हुबहु पढेको भन्दै झुटो बोलेको आरोपप्रति आफ्नो भद्र असहमति रहेको बताए ।

उनले युरोपियन युनियनले नेपाल वायुसेवा निगममै फोकस भएर अडिट गरी निगमको कमजोरी रिपोर्टमा स्पष्ट रुपमा औंल्याएको दाबी गरे । उनले आफूले कानूनले तोकेको जिम्मेवारीअनुसार काम गर्दै आएको भन्दै कानून ठिक छैन भनेर आफूले कसरी भन्ने ? भन्दै प्रश्न गरे ।
उनले युरोपियन युनियनको सेफ्टी रिपोर्टको कालोसूचिबाट मुक्त हुँदा नेपाल एयरलाइन्सको वाइडबडी जहाज नै युरोप जाने भन्दै अन्य कुनैपनि एयरलाइन्स नजाने बताए ।

उनले नेपाल एयरलाइन्सको जहाज नै युरोप जाने भएको कारणले नेपाल एयरलान्समा नै केन्द्रित भएको बताए ।

यता, इयुले हिमालय एयरलाइन्सको पनि फाइल हेरेको र ठिक रहेको भन्दै अडिट गर्न भने नगएको बताए ।

उनले भने–‘युरोपियन युनियनले आफूलाई पठाएको पत्र र इर्युको रिपोर्ट नोभेम्वर ३० मा प्राप्त भएपछि समितिका सभापतिको सभापतित्वमा उपसमितिमा यो विषयमा छलफल गरिसकेका छौं । बैठकमा पटक–पटक प्रश्न उठ्यो । रिपोर्ट आएपछि नेपाल एयरलाइन्स,श्री एयरलाइन्स र क्यानको आएको थियो । त्यो रिपोर्ट साइटमा नै पढ्न सकिने थियो । मैले पढेको डकुमेण्टमा भएको विषय पढेको छु । त्यो बेलामा नेपाल एयरलाइन्सको विषयमा धेरै फोकस किन भएका थियौं भन्दा देशको ब्राण्डिङ,अन्तर्राष्ट्रिय हाम्रो धारणा अर्को ठाउँमा होला । आजको दिनमा युरोपियन युनियनको सेफ्टी रिपोर्टको कालोसूचिबाट मुक्त हुँदा नेपाल एयरलाइन्सको हवाइटबडी जहाज नै जान्छ । अरु कुनै पनि एयरलाइन्स जाँदैन । त्यसै कारणले फोकस नेपाल एयरलान्समा भएको थियो । ईयुको फोकस पनि नेपाल एयरलाइन्समा नै भएको थियो । क्षमता यसको मात्रै छ । हिमालय एयरलाइन्स फाइल हेर्दा ठिक छ भन्नुभयो । रिपोर्टमा निगममा फोकस हुनु भनिएको छ । क्यानले गर्नुपर्ने कामहरु बाँकी छन् । श्री एयरलाइन्सको रिर्पोट पनि थियो तर श्री एयरलाइन्स खुला भए पनि युरोप जाँदैन । त्यसकारणले माननीय उदयशमशेर राणाले युआर लाइट भन्ने शब्द थाहा छैन । सभापतिले असंसदीय शब्द भन्नुभयो । मेरो यसमा भद्र असहमति छ ।’

बैठकमा नेपाली काँग्रेसका सांसद उदय समशेर राणाले क्यान,नेपाल एयरलाइन्स र मन्त्रीको फरक कुराले अलमलमा परेको बताए ।

उनले क्यानका महानिर्देशकले समितिलाई भनेको कुरा र रिपोर्टमा भनेको कुरा फरक रहेको बताए ।
उनले क्यानका महानिर्देशक अधिकारीले युरोपियन युनियनले हवाई सेफ्टीको रिपोर्टको विषयमा झुटो बोल्नुभएको आरोप लगाए ।

उनले रिपोर्ट पढ्दै ०.५६ देखि ०.६२ सम्म अधिकांश ठाउँमा क्यानको कमजोरीहरु भनेको बताए ।

त्यस्तै बैठकमा बोल्दै नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीले आईकाओको कालोसूचिबाट हट्न मात्रै नभएर नियमनकारी निकाय क्यानको नियमअनुसार जहाजहरु उडान गरिहेको बताए ।

उनले निगमले जनशक्ति,प्राविधिक र सिस्टमलाई पालना गरेको दाबी गरे । उनले क्यानले वर्षमा एकपटक वायुसेवा निगमको पूर्ण अडिट गर्ने र आवश्यकताअनुसार बीचमा पनि अडिट गरेर नियमअनुसार भए÷नभएको प्रमाणित गर्ने गरेको बताए ।

उनले रिपोर्टमा देखिएका २५ वटा सुझावमा २० वटा पूर्ण रुपमा निराकरण भएको र ३ वटा एक महिनाभित्रमा पूरा गर्ने प्रतिवद्धता जनाए ।

उनले दुईवटा तालिम लगायतका विषय रहेकाले प्रक्रियामा गएको बताए ।

उनले नेपाल वायुसेवा निगमले ईयुको मात्रै नभएर अन्य अन्तर्राष्ट्रिय मापदण्डहरु समेत पालना गर्दै आफ्ना जहाजहरु उडान गरिरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − one =