एनसेल प्रकरण : लेखा समिति सभापति पोखरेलको असन्तुष्टि के हो ?

काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले एनसेलको सेयर खरिद–बिक्री प्रकरणमा कार्यक्षेत्रभन्दा बाहिर गएर विभिन्न समितिमा छलफल हुने गरेकोमा असन्तुष्टि पोखेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै सभापति पोखरेलले भ्रष्टाचार छोप्न कार्यक्षेत्रभन्दा बाहिर गई विभिन्न समितिले एनसेलबारे छलफल गरेको उल्लेख गरेका छन् ।

एनसेलबारे राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले जवाफसमेत दिएका थिए ।

‘सरकारी सुण्ड मुसुण्डहरू एनसेल भ्रष्टाचार काण्डसम्बन्धी सार्वजनिक लेखा समितिले गरेको निर्णयलाई र सरकारलाई दिएको दवावलाई कमजोर बनाउन र भ्रष्टाचारलाई छोप्न आफ्नो कार्यक्षेत्रभन्दा बाहिर विभिन्न संसदीय समितिहरूमार्फत् विषय बङ्ग्याउने र जनतालाई भ्रम छर्ने कामको खेद व्यक्त गर्दछु,’ सभापति पोखरेलले लेखेका छन्, ‘जनतालाई सचेत हुन अपिल गर्दछु ।’

लेखा समिति सभापति पोखरेल प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद पनि हुन् ।

लेखा समिति सभापतिले राज्य व्यवस्था समितिमा भएको एनसेलको छलफलप्रति लक्षित गर्दै असन्तुष्टि जनाएपछि यसबारे राज्य व्यवस्था समितिको बुधबारको बैठकमा चर्चा भएको छ ।

सत्तारूढ नेपाली कांग्रेसका सांसदसमेत रहेका महामन्त्री गगन थापाले सार्वजनिक लेखा समितिका सभापतिले कार्यक्षेत्रका कुरा उठाएकोमा सभामुखसँग कुरा गर्न राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडालाई आग्रह गरेका थिए । खतिवडा कांग्रेसका सांसद पनि हुन् ।

समिति सभापति खतिवडाले आफूले सभामुखसँग कार्यक्षेत्र लगायतका विषयमा कुरा गर्ने बैठकमा जानकारी गराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + twelve =