सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका ६ जनाकै नाम अनुमोदन

काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छ जनाको नाम अनुमोदन भएको छ।

बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले न्यायाधीशमा सिफारिस भएकाहरूको नाम अनुमोदन गरेको हो।

समितिका सदस्य नेकपा एमालेका सा‌ंसद लिलानाथ श्रेष्ठका अनुसार संसदीय सुनुवाइ समितिबाट उनीहरूको नाम बुधबार अनुमोदन भएको हो ।

न्यायपरिषदले गत मंसिर ५ गते सर्वोच्च अदालतका छ जना न्यायाधीश सिफारिस गरेको थियो । त्यसपछि उनीहरूको संसदीय सुनुवाइ भएको थियो । गत शुक्रबारदेखि उनीहरूको सुनुवाइ गरिएको थियो ।

सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तका लागि सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना र अब्दुल अजिद मुसलमान, बालकृष्ण ढकाल र सुनिल पोखरेललाई सिफारिस भएका थिए ।

सर्वोच्च अदालतमा सात जना न्यायाधीशको पद रिक्त भएकोमा छ जनाको नाम मात्र सिफारिस भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =