डा.सन्तोष पौडेललाई वीरको निर्देशकमा पुनर्वहाली गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले डा सन्तोष पौडेलका पक्षमा अन्तरिम आदेश दिएको छ ।

मंगलबार सर्वोच्चका न्यायाधिस सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।

यो आदेशसँगै वीरको निर्देशकबाट हटाइएका डा सन्तोष पौेडेललाई पुनः वीर अस्पतालमा पुनर्वहाली हुने बाटो खुलेको छ ।

वीर अस्पतालका निर्देशकबाट हटाइएका डा सन्तोष पौडेलले पुनर्वहालीको माग राख्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

स्वास्थ्यमन्त्री मोहन बस्नेतले गत मंसिर १४ गतेको मन्त्रीस्तरीय निर्णयबाट पौडेललाई वीर अस्पतालको निर्देशक पदबाट हटाएर मन्त्रालयमा हाजिर हुन निर्देशन दिएका थिए ।

त्यसलगत्तै डा पौडेलले पुनर्वहालीको माग राख्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

हेुर्नहोस् अन्तरिम आदेश

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − one =