ईटहरीमा १५ लाख बराबरको धनमाल चोरी
२०८० पुस ३ गते

प्रतिकात्मक तस्विर
सुनसरी । ईटहरी उपमहानगरपालिका–१७ बस्ने रूद्र श्रेष्ठको महालक्ष्मी ज्वेलर्स पसलमा चोरी भएको छ ।
आइतबार राति पसलको सटरमा लगाएको ताला फोडी सुन तथा चाँदीका विभिन्न गहना र नगद १ लाख ४० हजार समेत गरि करिब १५ लाख १ हजार १ सय रूपैयाँ बराबरको धनमाल चोरी भएको हो ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।
२०८० पुस ३ गते
प्रतिक्रिया
सम्बन्धित








