अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति

नेपालको हवाई उडान कालोसूचीमा पर्नुको कारणबारे नेपाल एयरलाइन्ससँग छलफल गर्ने

काठमाडौँ । संसदीय समितिले नेपालको हवाई उडान युरोपियन युनियन (इयु) को कालो सूचिबाट हटाउने विस्तृत कार्ययोजनाबारे नेपाल वायुसेवा निगमसँग छलफल गर्ने भएको छ ।

संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले सो सम्बन्धी छलफल गर्नका लागि पुस ५ गते निगम पदाधिकारीलाई बोलाउने निर्णय गरेको हो ।

निगम पदाधिकारीहरूले आज समितिको बैठकमा गरेको प्रारम्भिक ब्रिफिङ चित्तबुझ्दो नभएकाले पुनः छलफल गर्नका लागि पुस ५ गतेको बैठक बोलाइएको समितिका सभापति राजकिशोर यादवले जानकारी दिए ।

निगमले नेपालको हवाई उडानलाई इयूको कालोसूचीबाट हटाउने सम्बन्धी विस्तृत योजना ल्याउनुपर्ने समितिको निष्कर्ष छ । निगमले नेपाल नागरिक उड्डयन प्राधिकरण र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दोष लगाउने भन्दा पनि आफूले जिम्मेवार ढंगले कार्ययोजना पेस गर्नुपर्ने बताए ।

सभापति यादवले भने ‘मन्त्रालय र क्यानको पार्ट हामी उनीहरूसँगै सोध्छौँ । तपाई आफ्नो पार्टमा जुन तपाईँको काम हो । त्यसको तयारी गरिसकेपछि हामी क्यान र मन्त्रालयलाईसँगै राखेर अब कसरी जाने भनेर सोध्छौँ । तर अब तपाईँहरूको पार्टबाट त तयारी गर्नुपर्यो नि । आफ्नो पार्टबाट गर्नुपर्ने काम त गर्नुपयो नि भन्ने कुरा हो । त्यसैले विषयहरू उठान भएको छ । अव खासगरी इयुको सवालमा मलाई लाग्छ–सम्माननीय प्रधानमन्त्रीजीले पनि चासो राख्नुभएको छ । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीले ज्ञापनपत्र बुझाएको र अन्तर्राष्ट्रिय रुपमा चाहिँ नेपालको बेइज्जत हुने स्थितिमा पुगेको । जसरी अहिले कुरा आयो नि नेपाल एयरलाइन्स सिंगल बोडी हो । अरु पनि जोडिएको हो । तर नेपाल एयरलाइन्सले त्यो सेफ्टी पार गरेको भए कम्तीमा या एयरलाइन्स त युरोप जान पाउँथ्यो नि । अरु डोमेस्टिकहरुको कुरा आफ्नो होला । त्यो हामी क्यानसँग कुरा गरौँला । त्यसैले मेरो स्पष्ट यहाँहरूसँग कुरा के हो भने तपाईँले आफ्नो पार्टमा मैले यो यो गरेँ । अब मैले आफ्नो तर्फबाट सबै जिम्मेवारीहरु पूरा गरेँ । मेरो बलबुताले भ्याएसम्म यो गरेँ । अरु मन्त्रालय र क्यानको बारेमा हामी उनीहरूसँगै हिसाब मागौला । त्यसपछि मात्रै हामी अरु विषयमा छलफल गरौला । जहाज खरिददेखि लिएर म्यानेजमेन्टका अरु विषयहरूमा कुरा गरौँला । पहिला यो विषयमा तपाईँहरू तयारीका साथ बुँदागत हिसाबमा आउनु प¥यो । अब यो पहिले जस्तो हामी कुरा धेरै गर्ने तर रिजल्ट नआउने अवस्था हुनुहुन्न । त्यसैले अब ५ गते ११ बजे डकुमेन्टसहित तपाईँहरूको फुल टिम आउनु होला ।’

बैठकमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले इयूको प्रतिवेदनमा औँल्याइएको विषयलाई हल गरेर त्यसको कालो सूचिबाट नेपालको हवाई उडानलाई हटाउनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणको नेतृत्वमा सबै हवाई उडान प्रदायक संस्थाहरूले मिलेर काम गर्नुपर्ने बताए ।

उनले नेपाल वायुसेवा निगम एक्लैको कारणले नेपालको हवाई उडान क्षेत्रलाई इयुले कालोसूचीमा यस वर्ष पनि राखेको भन्ने कुरा साँचो नभएको जिकिर समेत गरे ।

कार्यकारी अध्यक्ष अधिकारीले नेपालको हवाई उडानको क्षेत्रमा संरचनागत सुधारको पक्षलाई पनि इयुले औँल्याएको उल्लेख गर्दै ती समस्याको समाधान नेपाल नागरिक उड्डयन प्राधिकरण –क्यान०को नेतृत्वमा मात्रै सफल हुने बताए ।

उनले भने ‘यो चाहिँ नेपाल वायु सेवा निगमको कमीकमजोरीको कारणले ब्ल्याकलिष्टबाट हटेन भन्ने म्यासेज आएपछि हामी स्तब्ध भयौँ । तर वास्तविकता त्यो थिएन । पहिला हामीले बाहिर बोल्नु भन्दा पनि इयूको रिपोर्ट नै हेर्यौं । सो रिर्पोटमा पनि त्यस्तो थिएन । हाम्रा ३ वटा कुराहरू औँल्याएको छ सुधार गर्नुपर्ने भनेर । र, क्यानको विषयमा पनि ५÷७ वटा बुँदाहरू औँल्याएको छ । र, गम्भीर विषयहरू सिभिल एभिएशनको बारेमा छ । त्यो कुराहरूको बारेमा इयूको रिर्पोटनै हजुरहरूलाई बढौँला । त्यसबाट अध्ययन गर्यो भने थाहा हुन्छ । र, यो विषय बस्तु कस्तो हो भने सिभिल एभिएशन नियमक निकाय भएको हुनाले उसैको अगुवाइमा एयरलाईन्सहरुलाई पनि समेटेर लगेर बाँकी भएका समस्याहरूको पनि समाधान गर्दै जानुपर्ने हो । तर एकले अर्कालाई दोषारोपण गरेर समस्याको समाधान हुँदैन । अधिकांश समस्याहरूको समाधान भइसकेको छ । केही संरचनागत सुधारका कुराहरू छन् । यसलाई पनि सिभिल एभिएशन र एयरलाईन्सहरुले मिलेर अघि बढे यो ब्ल्याकलिष्टबाट चाँडै नै हट्छ भन्नेमा निगम विश्वस्त छ ।’

कार्यकारी अध्यक्ष अधिकारीले नेपालको हवाई उडान इयुको कालोसूचीमा पर्नुमा क्यानमाथि पनि प्रश्न औँल्याएको आरोप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + fifteen =