नेकपा एसको सचिवालय बैठक सुरु, विधान संशोधन मस्यौदामाथि छलफल हुने
२०८० पुस २ गते

फाइल तस्बिर
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक काठमाडौँमा सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेर अघि बैठक सुरु भएको हो ।
आजको बैठकमा विधान संशोधन मस्यौदामाथि छलफल हुने सो पार्टीका महासचिव घनश्याम भुसालले जानकारी दिए ।
उनका अनुसार बैठक आज र भोलि सञ्चालन हुनेछ ।
गएको मङ्सिर २८ र २९ का लागि तय भएको उक्त बैठक नेताहरुको व्यस्तताका कारण पुस २ र ३ गते अर्थात् आज र भोलि बस्नेगरी सारिएको थियो ।
२०८० पुस २ गते
प्रतिक्रिया
सम्बन्धित








