युक्रेनी सेनासँगको भिडन्तमा नेपाली युवाको मृत्यू

काठमाडौं । रुसी सेनामा अर्का नेपाली युवाले ज्यान गुमाएका छन् । कैलालीको टीकापुर नगरपालिका– १ का ३६ वर्षीय भरत शाहको युक्रेनी सेनासँगको भिडन्तका क्रममा ज्यान गएको हो ।

युक्रेनी सेनासँगको भिडन्तका क्रममा घाइते भएका उनको उपचार अभावमा मृत्यु भएको जानकारी युद्ध मैदानबाट उनका साथी रोशन थापाले परिवारलाई दिएका हुन् ।

कुशको शव बनाएर आइतबार हिन्दु परम्पराअनुसार टीकापुरस्थित दौलतपुर घाटमा भरतको अन्तिम संस्कार गरिएको छ । उनको मृत्युबारे नेपालस्थित परराष्ट्र मन्त्रालय र रुसी सरकारले औपचारिक जानकारी परिवारलाई दिइसकेको छैन । टीकापुर नगरपालिका–१ दुर्गानगर स्थानीय बसोबास भएका उनी यसअघि दुबईको रोयल गार्डमा कार्यरत थिए ।

थापाले परिवारलाई दिएको जानकारी अनुसार शाहको मृत्यु गत नोभेम्बर २० तारिखमा भएको हो । यसबारे उनका साथी रोशनले शुक्रबार मात्रै परिवारलाई जानकारी दिएका हुन् ।

भिडन्तका क्रममा गोली लागेर घाइते शाहलाई समयमा अस्पताल पु¥याउन नसक्दा मृत्यु भएको थापाले दिएका हुन् । दुबईको रोयल गार्डको जागिर छाडेर शाह तीन महिनाअघि रुसी सेनामा भर्ना भएका थिए । उनी रुसी सेनामा भर्ना भएको जानकारी परिवारलाई पनि थियो ।

उनका नातेदार मङ्गल शाहका अनुसार रुसी सेनाले यस घटनाबारे औपचारिक जानकारी दिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 15 =