संकल्प यात्राको अन्तिम दिन ओलीले फहराए राष्ट्रिय झण्डा (तस्बिरहरु)

काठमाडौं । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पाँचथरको चिवाभन्ज्याङ पुगेका छन् ।

बैतडीको झुलालघाटबाट सुरु भएको एमालेको संकल्प यात्राको अन्तिम दिन ओली चिवाभन्ज्याङ पुगेर जंगे पिलरमा चन्द्र सूर्य फहराएका हुन् ।

एमालेको संकल्प यात्रा आज समापन हुँदैछ । यसअघि एमाले नेता कार्यकर्ताहरुले चिवाभन्ज्याङको जंगे पिलरमा झण्डा फहराएका थिए ।

मध्य पहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा नेताहरु खटाएका छन् ।

टोलीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली छ ।

हेर्नुहोस् तस्बिरहरु

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *