ओलीको आरोप– बालकृष्ण खाँणलाई ‘सेटिङ’मा छोडियो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई ‘सेटिङ’मा छोडिएको आरोप लगाएका छन् ।

समृद्धिका लागि एमालेको मध्यपहाडी संकल्प यात्राअन्तर्गत शनिवार दिउँसो पाँचथरको फिदिममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

कांग्रेसका खाणलाई छोडिएको तर एमालेका नेता पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश दिइएको भन्दै ओलीले आपत्ति जनाए ।

‘कांग्रेसका बालकृष्ण खाण छुटे । तर हाम्रा कोही साथीहरूलाई जेल राखिएको छ । टोपबहादुरजी एमालेमा लागेको रिसले उहाँलाई जेलमै राखियो । कांग्रेसको मान्छे न्यायाधीश हुन्छ अनि कहाँ हुन्छ !,’ संसद्मा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका उनले भने ।

नक्कली भुटानी शरणनार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्रीसमेत रहेका खाणलाई पाटन उच्च अदालतले बिहीवार ३० रुपैयाँ लाख धरौटीमा छोड्न आदेश दिएको थियो । तर हाल एमाले भएका पूर्वमाओवादी नेता रायमाझीलाई भने थुनामै राखिएको छ ।

यस्तै अदालतबाट ३० लाख धरौटीमा छुटेका खाणसँग सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि १५ लाख रुपैयाँ धरौटी मागेको छ । उनी शुक्रवार रिहा भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + twelve =