जेरुसेलममा रकेट आक्रमण गरेको हमासको दाबी
२०८० मंसिर ३० गते

काठमाडौं । जेरुसेलम र बेट शेमेशसहितका शहरहरूमा शुक्रवार साँझ रकेट आक्रमण गरेको हमासले दाबी गरेको छ ।
इजरायली मिडियाले गाजा पट्टीबाट लामो दूरीको रकेट प्रहार गरेपछि अलार्म बजेको बताएको छ । घाइते वा क्षतिको तत्काल कुनै तथ्यांक आइ नसकेको बताइएको छ ।
इजरायली सेनाकाअनुसार कम्तिमा ६ वटा रकेट यरूशलेमतर्फ प्रक्षेपण गरिएको छ । इजरायलको आपतकालीन उद्धार सेवा म्यागेन डेभिड एडोमले एउटा रकेट बेट शेमेशमा खाली ठाउँमा खसेको बताए ।
२०८० मंसिर ३० गते
प्रतिक्रिया








