गाजावासीको समर्थनमा जोर्डनमा प्रदर्शन जारी
२०८० मंसिर ३० गते

काठमाडौं । जोर्डनको राजधानी अम्मानको डाउनटाउनमा गाजावासीको समर्थन गर्दै हजारौं प्रदर्शकारीहरुले सडकमा भेला भइ प्रदर्शन गरेका छन् ।
सहभागीहरूले गाजामा प्यालेस्टाइनी जनताको समर्थनमा नारा लगाएका छन् । गाजामा अक्टोबर ७ देखि चलिरहेको युद्धमा तत्काल युद्धविराम गर्न आह्वान समेत गरेका छन् ।
प्रदर्शनकारीहरूले इजरायली सैन्य कारबाहीलाई समर्थन गरेकोमा संयुक्त राज्य अमेरिकाको निन्दा गर्दै बिरोध समेत गरेका छन् ।
प्रदर्शनकारीहरूले जोर्डन सरकारले अम्मानमा अमेरिकी राजदुतलाई निष्कासन गर्न, अमेरिकी दुतावास बन्द गर्न र अमेरिकासँगको रक्षा सम्झौता रद्ध गर्न माग गरेका छन् । गाजाको समर्थनमा जोर्डनका विभिन्न शहरमा बिरोध प्रदर्शन भइरहेको छ ।
२०८० मंसिर ३० गते
प्रतिक्रिया
सम्बन्धित








