थमन विक हत्या अभियुक्त लोसपाका प्रदेश सांसद शर्मालाई जन्मकैदको फैसला
२०८० मंसिर २८ गते

सशस्त्र प्रहरी बलका असई थमन विकको हत्याका अभियुक्त लोसपाका प्रदेश सभा सांसद अभिराम शर्मालाई जन्म कैदको फैसला भएको छ।
प्रकरणमा जिल्ला अदालत महोत्तरीले सांसद शर्मालाई दोषि ठहर गर्दै जन्म कैदको सजाय सुनाएको हो।
जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले उनीसहित सात जनालाई जन्मकैद र एम्बुलेन्स जलाएको आरोपमा ६ महिना थप कैद गर्ने सजाय सुनाएको हो।
सोही मुद्दामा प्रतिवादी बनाइएका एमाले सांसद लक्ष्मी महत्तो कोइरी र पवन कापरलाई भने सफाइ दिएको छ।
प्रदेश सांसद शर्मासहित प्रदीप साह माझी, सञ्जयकुमार साह, मोहन ठाकुर, रामाशंकर मिश्र, सुरेन्द्र पाण्डे र धर्मेन्द्र रायलाई जन्मकैदको सजाय सुनाएको हो।
२०८० मंसिर २८ गते
प्रतिक्रिया
सम्बन्धित








