संयोग : यता कांग्रेस नेता खाँण धरौटीमा छुट्ने, उता एमाले सांसद कोइरीले पाए सफाइ

काठमाडौं । अदालतले आज एकै दिन दुई वटा राजनीतिक मुद्दाको फैसला गरेको छ । उच्च अदालत पाटनले पुर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण र जिल्ला अदालत महोत्तरीले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको मुद्दामा फैसला गर्‍यो ।

उच्च र जिल्ला अदालतले गरेको फैसलाले कांग्रेस नेता खाँण धरौटीमा छुट्ने हुँदा जिल्ला अदालत महोत्तरीले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई सफाइ दिएको छ ।

एकै दिन भएका यी दुई फैसलाले नेपाली राजनीतिवृत्तमा चर्चाको विषय बनेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर थुनामा रहेका खाँणलाई उच्च अदालतले ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा भएको सुनुवाइले खाँणलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

यसअघि उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलबीच खाँणलाई धरौटीमा रिहा गर्ने कि थुनामै राख्ने भन्नेमा राय बाझिएको थियो । गत जेठमा पक्राउ परेदेखि नै थुनामा रहेका पूर्व गृहमन्त्री खाँण धरौटी बझाएर थुनामुक्त हुने तयारीमा छन् ।

यता, नेकपा एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरीले पनि कर्तव्य ज्यानसम्बन्धी मुद्दाबाट सफाइ पाएका छन् । मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या अभियोग लागेका कोइरीलाई जिल्ला अदालत महोत्तरीले सफाइ दिने निर्णय सुनाएको हो । कोइरीसँगै अर्का अभियुक्त पवन कापरले पनि सफाइ पाएका छन् ।

सशस्त्र प्रहरीका असई थमन विकको हत्यासम्बन्धी यस मुद्दामा सांसद कोइरीसहित २८ जना अभियुक्त थिए । तीमध्ये ७ जना अभियुक्तलाई भने कर्तव्य ज्यान मुद्दामा जन्मकैद र आगो लगाएको मुद्दामा थप ६ महिना कैद कैद सजाय हुने भएको छ । मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ गते सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विकको जलेश्वरमा एम्बुलेन्सबाट निकालेर हत्या गरिएको थियो । प्रहरीको फरार सूचीमा रहेका कोइरी २०७९ मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा एमालेको तर्फबाट महोत्तरी–१ बाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 8 =