संविधानले उपलब्ध गराएका अधिकारहरू जनताले महसुस गर्न पाउनुपर्छ : उपसभामुख

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संविधानले दिएको अधिकारहरू जनताले महसुस गर्न पाउनुपर्ने बताएकी छन् ।

बिहीबार संघीय संसद सचिवालयद्वारा १७ औँ संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले संविधानले उपलब्ध गराएका अधिकारहरू जनताले महसुस गर्न पाउनुपर्ने बताएकी हुन् ।

उनले कसैले पनि संविधानको विरोधमा बोल्ने आँट गर्न नसक्नेगरी अधिकारहरू जनताले पाउनुपर्ने बताइन् । उनले संविधानमा उल्लेख गरिएका समावेशिताका कुराहरू हरेक क्षेत्रमा लागु हुनुपर्ने बताइन् । उनले जातीय र वर्गीय आधारमा पनि समावेशिता कायम गर्नुपर्नेमा जोड दिइन् ।

उनले भनिन् ‘कर्मचारीहरूलाई हरेक महिना केही न केही अवसर दिनुपर्छ । तालिम लिने अवसरहरू दिनुपर्छ । सांसदहरू विभिन्न देशमा गएर ज्ञान साटफेर गर्छौ भने कर्मचारीले पनि सिक्नु आवश्यक छ । त्यसो भएर यता बोलाएर हुन्छ कि अरु देशमा गएर हुन्छ कि उहाँहरूलाई कसैलाई पनि विभेद नहुने गरेर कार्यक्रमहरू हुनुपर्छ । हाम्रो संविधानले उपलब्ध गराएको जति पनि अधिकारहरू छ, त्यो जनताले महसुस गर्न पाउनुपर्छ । ताकि अरुले संविधानको विरोधमा बोल्ने आँट नगरोस् । संविधानमा जुन लेखिएका छन्, समावेशिताका कुराहरू, हरेक कुराहरू हामीले छानबिन गर्दाखेरि समावेशिता हुनुपर्छ । जसरी यहाँ विभिन्न विभागमा काम गर्नुभएको होला, कोही प्राविधिक, कोही गार्डेनमा, कोही ड्राइभिङमा काम गर्नुभएको होला । सबैको हरेक विभागको क्षेत्रबाट छानिनुपर्छ र त्यसमा पनि जातीय समावेशिता पनि हुनुपर्छ । वर्गीय समावेशिता पनि हुनुपर्छ भन्नेकुरा म यहाँ राख्न चाहन्छु ।’

उपसभामुख रानाले संघीय संसदका कर्मचारीहरूलाई हरेक महिना नयाँ–नयाँ अवसरहरू दिनुपर्ने बताइन् । उनले कर्मचारीहरूलाई तालिमको व्यवस्था गर्नुपर्ने र विभिन्न देशमा अनुभव आदान–प्रदानका कार्यक्रमहरूमा समावेश गराएर वृत्ति विकास गराउनुपर्ने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + seventeen =